काठमाडौं । मलेसिया, बंगलादेश र अरू क्षेत्रीय साझेदारले म्यानमारमा शान्ति स्थापना र रोहिंग्या शरणार्थीका निम्ति मानवीय सहायता प्रवर्द्धन गर्न संयुक्त प्रतिनिधिमण्डल पठाउने भएका छन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले मंगलबार यो घोषणा गरेका हुन् ।
अनवरको यो भनाइ बंगलादेशका अन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको तीनदिने मलेसिया भ्रमणको सुरुमा आएको हो ।
बंगलादेशले आफ्नो दक्षिणपूर्वी जिल्ला कक्स बजारमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी बस्तीमा १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीलाई आश्रय दिएको छ ।
मलेसियाका विदेशमन्त्रीले आउँदो हप्ताहरूमा हुने म्यानमार मिसनको समन्वय गर्ने र त्यसमा इन्डोनेसिया, फिलिपिन्स र थाइल्यान्डका समकक्षी पनि सहभागी हुने जनाइएको छ । अनवर यो वर्ष आसियानका अध्यक्ष छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार, म्यानमारको मुख्यतः बौद्ध धर्मावलम्बी रहेको पश्चिमी राखाइन राज्यमा अल्पसंख्यक मुस्लिम रोहिंग्यामाथि बढ्दो द्वन्द्व र लक्षित हिंसाका कारण पछिल्लो १८ महिनामा करिब एक लाख ५० हजार रोहिंग्या बंगलादेशमा शरण लिन बाध्य भएका छन् ।









प्रतिक्रिया दिनुहोस्