काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि गएराति आक्रमण भएको छ।
भण्डारीलाई काठमाडौँको कपनस्थित प्रगतिनगरस्थित घर फर्किने क्रममा मोटरसाइकलमा आएका तीन जनाले आक्रमण गरेको रास्वपाले जनाएको छ। तीमध्ये एकजनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरेको बताइएको छ।
आक्रमणमा परी भण्डारीको टाउकोमा गहिरो चोट लागेर १० वटा टाँका लगाइएको छ। उनलाई राति नै चाबहिल चुच्चेपाटीस्थित स्तूपा सामुदायिक अस्पतालमा भर्ना गरी उपचार गरिएको र सिटी स्क्यान रिपोर्ट सामान्य आएको रास्वपा नेता दीपक बोहोराले जानकारी दिए।
आक्रमणपछि भण्डारी घरभित्र छिरेपछि आक्रमणकारी फरार भएका थिए। घटनाबारे प्रहरीलाई जानकारी दिइएको र हाल बौद्ध प्रहरीले अनुसन्धान थालेको छ।
प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्