अछाम – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अछामको साँफेबगर नगरपालिका–४ जनकल्याण टोलका ३२ वर्षीय महेश भुललाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको टोलीले पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्