सुर्खेत – नक्कली विवाह गराई ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत सम्पर्क गरी नक्कली आमा–बुवा तथा छोरी बनेर विवाह गर्ने र विवाहपछि बेहुली बनेकी महिलाले नगद तथा गरगहना लिएर फरार हुने गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्।
अनुसन्धान क्रममा एउटै महिलाले फरक–फरक मितिमा विभिन्न पुरुषसँग विवाह गरी ठगी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
पक्राउ परेकामा सुर्खेत वीरेन्द्रनगर–१० बस्ने दैलेखका ४० वर्षीय गोपाल कुमार विक र अछामकी ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन्। उनीहरूविरुद्ध ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्