काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । मंगलबार (साउन २७) कलेजमा आयोजित कार्यक्रममा उनलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरिएको हो ।
कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईलगायत अधिकारीको उपस्थिति थियो ।
उनलाई नगद र मायाको चिनोसहित समान पनि गरियो । नगद रकम भने खुलाइएको छैन ।
कृतिशले एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा ‘डेब्यु’ गरेका थिए ।
प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्