२ भदौ, काठमाडौं । आज पनि मनसुन केही कमजोर हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको महाशाखाले जनाएको छ । त्यसैले देशभर साधारणतया बदली रहनेछ ।
आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागलगायत देशको बाँकी पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशको तराई र बाग्मतीको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ ।
प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्