२०८२ माघ १६ , शुक्रबार

काठमाडौंबाट कर्तव्य ज्यान मुद्दामा फरार कैदी सुर्खेतमा पक्राउ



सुर्खेत — डिल्लीबजार कारागार कार्यालय, काठमाडौंबाट फरार रहेका कैदी गणेश नेपालीलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ।

अाज दिउँसो ४:३० बजे प्रहरी नायब निरीक्षक किशोर खत्रीको टोलीले बिरेन्द्रनगर–६ चीनापुल नजिकैबाट उनलाई पक्राउ गरेको हो।

बिरेन्द्रनगर–९ बामेखोला घर भएका ३१ वर्षीय नेपाली कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बेला कारागारबाट फरार भएका थिए। पक्राउ परेपछि उनलाई कारबाहीका लागि कारागार कार्यालय सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार