२०८२ माघ १६ , शुक्रबार

दोलखा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प



दोलखा  जिल्लाको लापिलाङलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यस अघि आज बिहान ६ बजेर १५ मिनेटमा गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

लगातारै दुई ठाउँमा भूकम्प महसुस भए पनि अहिलेसम्म क्षतिको विवरण आएको छैन।

प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार