काठमाडौँ – गोरखाको हंसपुरलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर १५ मिनेट जाँदा हंसपुर क्षेत्रमा ४ रेक्टर स्केलको भूकम्प गएको हो।
सामान्य प्रकृतिको भूकम्प भएकाले क्षति भएको जानकारी भने प्राप्त भएको छैन। गोरखा भूकम्पीय हिसाबले संवेदनशील क्षेत्रमा पर्छ।
प्रकाशित मिति : २०८२ भदौ १७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्