२०८२ माघ १६ , शुक्रबार

१ भदौ, हुम्ला। हुम्लामा लेक लागेर एक जनाको मृत्‍यु भएको छ ।

चीनको डिन्मो थिङ- थिङ काउन्टी (हरियाचोर)हाट बजारमा एकजना नेपालीको लेक लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाजुराको बुढीनन्दा नगरपालिका -६ लाटो बस्तीका डबल बिक रहेका छन् ।

उनी टाँके नाका हुँदै चीनको डिन्मो थिङ-थिङ काउन्टी पुगेका बेला लेक लागेको प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले बताए।

उनका अनुसार बाजुराबाट ८/९ जनाको टोली घटना स्थलतिर नेप्का गाउँ हुँदै बिहान हिडेका थिए ।

उनले भने, ‘बिहान नेप्का गाउँबाट उनका आफन्तहरू हिडेका थिए। तर चीनको डिन्मो थिङ-थिङ काउन्टी पुगेका बेला लेक लागेर मृत्यु भएको खबर छ।’

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार